शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौं र ललितपुरका यी ठाउँमा विद्युत अवरूद्ध हुने

काठमाडौं र ललितपुरका यी ठाउँमा विद्युत अवरूद्ध हुने

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • काठमाडौं र ललितपुरका यी ठाउँमा विद्युत अवरूद्ध हुने

    काठमाडौं र ललिपुरका विभिन्न ठाउँमा आज (शनिबार) पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको छ ।

    काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा विद्यत पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ ।

    काठमाडौंकै रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल अगाडी, विश्वज्योति हल एरिया, यलो पगोडा, अन्नपुर्ण होटेल भित्रसम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउनका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडर अन्तर्गत पर्न ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसागुँ, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ, चाँगाथली क्षेत्रमा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    लगनखेल वितरण केन्द्रकै जावलाखेल फिडर अन्तर्गत जावलाखेल, कुमारिपाटि, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै लगनखेल वितरण केन्द्रकै रिङरोड फिडर अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर, एभिएम चोक, कुसुन्ति, कान्तिपुर कोलोनि, नखिपोट, शिवचोक, चुम्लुङ्ग भवन लगायतका क्षेत्रमा ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ ।

    तोकिएको काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार