Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

उपरथीमा पदोन्नति भएका केसीलाई दर्ज्यानी चिन्ह

नेपाली सेनाको उपरथीमा पदोन्नति भएका सहायक रथी किरण केसीलाईदर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी दर्जामा पदोन्नति भएसँगै उनी निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।

sena.jpeg

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका मोहनचन्द्र गुरुङ र सरोजकुमार अधिकारीलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

sena1.jpeg

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।