Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता (फोटोफिचर)

म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत लिएर नेपाली सेनाको टोली स्वदेश फर्किएको छ ।

490867292_1206274668174703_6469853743337804578_n.jpg

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना चालकदलका सदस्यसहित २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५सिएएसए विमान लिएर म्यानमार गएका थिए ।

490769074_1206274671508036_6426768705878072598_n.jpg

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपमरणसहितको उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न थिए।

490326193_1206274664841370_3627418153004737816_n.jpg

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

489955825_1206274734841363_6177843868190445808_n.jpg

गत शुक्रबार बैंकक र म्यान्मामा ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट बैंकक र म्यान्मामा ठूलो धनजनको क्षति भएको छ ।