शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अदालतले भन्यो–दुर्गा प्रसाईको आवश्यक उपचारको प्रबन्ध मिलाउनू

अदालतले भन्यो–दुर्गा प्रसाईको आवश्यक उपचारको प्रबन्ध मिलाउनू

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • अदालतले भन्यो–दुर्गा प्रसाईको आवश्यक उपचारको प्रबन्ध मिलाउनू

    काठमाडौं जिल्ला अदालतले काठमाडौं तीनकुनेको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईलाई आवश्यकताअनुसार उपचारको व्यवस्था गर्न आदेश दिएको छ । शुक्रबार प्रहरीले झापाको काँकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रसाईलाई काठमाडौं ल्याएर म्याद थपका लागि अदालत उपस्थित गराएको थियो ।

    प्रसाईसहित उनका बडिगार्ड भनिएका दीपक खड्कामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले दुवैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

    दुर्गा प्रसाईको हकमा भने आवश्यक उपचारको प्रबन्ध गर्न पनि आदेश भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन्। ‘’दुर्गा प्रसाईको हकमा बिरामी भएको भनेपछि सम्बन्धित चिकित्सकको सिफारिस बमोजिम आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान निकायलाई निर्देशन दिने आदेश भएको छ,’ उनले भने ।

    चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईकै नेतृत्वमा भएको थियो । प्रदर्शनमा दुई जना मारिएका थिए। दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो । प्रसाई सोही दिनदेखि फरार थिए । उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौंमै रहेको बताउँदै आएका थिए । सोही घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट