शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

    प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ ।

    काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।

    उनीहरूलाई बुद्ध एअरको अहिले बिहान ११ः४८ बजेको उडानमा काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाई आसामबाट पक्राउ परेका थिए ।

    त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन्। उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार