Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ ।

काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।

उनीहरूलाई बुद्ध एअरको अहिले बिहान ११ः४८ बजेको उडानमा काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाई आसामबाट पक्राउ परेका थिए ।

त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन्। उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।