Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रहरी स्कर्टिङमार्फत दुर्गा प्रसाईंलाई झापाको भद्रपुरतर्फ ल्याइयो,  प्रसाईंसँगै बडीगार्ड खड्का पनि प्रहरी नियन्त्रणमा

गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ । 

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ । उनका अनुसार प्रसाईको साथबाट निजका बडिगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका छन् । आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि संगै छन् ।’

नेपाल प्रहरीको विशेष ब्यूरोले झापाको काँकडभिट्टा हुँदै भारतमा पुगेर प्रसाईंलाई नियन्त्रणमा लिएको हो । भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट भद्रपुरको चन्द्रगढी विमानस्थलतर्फ लगिएको स्थानीय संचारकर्मी पर्वत पोर्तेलले जानकारी दिए ।

पोर्तेलका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी शुक्रबार विहान भद्रपुर विमानस्थलतर्फ लगिएको हो । उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गरिएको छ । बुद्धको ११ बजेको उडानमार्फत काठमाडौं लगिने बताइए पनि निश्चित भइसकेको छैन् ।

उनलाई  जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।