शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुर्गा प्रसाईंलाई जहाजबाट काठमाडौं ल्याइने

दुर्गा प्रसाईंलाई जहाजबाट काठमाडौं ल्याइने

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • दुर्गा प्रसाईंलाई जहाजबाट काठमाडौं ल्याइने

    भारतमा पक्राउ परेका तीनकुनेको हिंसात्मक आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जहाजबाट काठमाडौँ ल्याइने भएको छ। 

    दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केहीबेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्‍याइने जानकारी दिएका छन् । घटनापछि फरार दुर्गा प्रसाईलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।

    पूर्वी नाका काँकडभिट्टामा उनका दाजु, शुभ चिन्तक र कानुन व्यवसायीहरू भेला भएका छन्। मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरू उनको प्रतीक्षामा रहेको पत्रकार लक्ष्मी उप्रेतीले जानकारी दिए। त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको जनाइएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले भने यस बारेमा केहि पनि बताएका छैनन् ।

    चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाई बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन् । प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो । फरार भएयता उनले दुईटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए । तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए । प्रसाई भागे लगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै आसाम पुगेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट