शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुताएकै ठाउँबाट तीन महिने शिशु गायब

सुताएकै ठाउँबाट तीन महिने शिशु गायब

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • सुताएकै ठाउँबाट तीन महिने शिशु गायब

    दैलेखको ठाँटीकाँध गाउँपालिकामा सुताएकै ठाउँबाट एक शिशु गायब भएका छन् । ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गए राति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । ‎गए राति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ ।

    ‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार सबै सुतिरहेका बेला ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । खरमा आगो लागेको थाहा पाएपछि घरका सबै जना आगो निभाउन गएका थिए । तर, आगो निभाएर फर्किदा घरमा बच्चा थिएन ।

    बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने उनले आशंका गरेका छन् । ‎बेपत्ता पारिएको शिशुसँगै अर्को छोरा पनि साथमा सुतेका थिए । तर, आउँदा ठुलो बच्चा सुतिरहेकै भए पनि सानो बच्चा नभएको उनले बताए ।‎ ‎घटनालगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेको थियो ।

    तर, खोजतलासी गर्दा कुनै ‘क्लु’ पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।‎ ‘अचम्म लाग्दो घटना भयो,’ उनले भने, ‘अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान गरिरहेका छौं ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट