Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भ्रममा नपरौँ, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्ः नेपाल प्रहरी

नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी 'दुर्गा प्रसाईं पक्राउ' भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको छ ।

'नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं प्रहरीको खोजी सूचीमा छ,' प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न समेत अनुरोध गरेको छ ।

 

4eb9de67-68f6-442d-a964-09fa10d0211d.jpeg