शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल बार चुनावः अध्यक्षमा मिश्रको प्यानल नै निर्वाचित (मत परिणामसहित)

नेपाल बार चुनावः अध्यक्षमा मिश्रको प्यानल नै निर्वाचित (मत परिणामसहित)

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • नेपाल बार चुनावः अध्यक्षमा मिश्रको प्यानल नै निर्वाचित (मत परिणामसहित)

    नेपाल बार एशोसिएसनको मतगणना सकिएको छ । यद्यपि, ललितपुरको ‘ट्याली’ गर्ने काम भइरहेको। अन्तिम मत परिणाम सार्वजनिक नहुँदै बार एशोसिएसनमा अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रको प्यानलबाट २५ मा २५ निर्वाचित भएका छन्।

    कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएसनका अध्यक्षसहित १२, नेकपा एमाले निकट प्रगतिशील व्यवसायिक लयर्स एशोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपा निकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् । केही समयमा अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक हुने निर्वाचन अधिकृत तेजनाथ धमलाले जानकारी दिएका छन् ।

    अब विजयको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । यसका लागि अहिले दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने जनाइएको छ । मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपानिकट कानुन व्यवसायीका संगठनहरूको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार हुन् ।

    उनको प्यानलबाट महासचिवमा केदारप्रसाद कोइराला छन् भने उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ उम्मेदवार छन्। अन्तिम नतिजा सार्वजनिक हुनुअघि नै उनीहरूको जित पक्का भइसकेको थियो । अध्यक्षका अर्का प्रतिस्पर्धी रमन श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपा निकट कानुन व्यवसायीको प्यानलबाट उठेका हुन् ।

    undefinedundefined

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार