Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

माइक्रो बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

कैलालीमा माइक्रो बसले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। जानकी गाउँपालिका–५ को अमौरामा बुधबार सुपप्र ०१००१ ज १५९८ नम्बरको माइक्रो बसले साइकललाई ठक्कर दिएको थियो ।

सो क्रममा साइकल पछाडि सवार जानकी गाउँपालिका–५ बस्ने ४४ वर्षीया बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहोराले जानकारी दिए। डीएसपी सिंहका अनुसार मृतकका श्रीमान समेत रहेका साइकल चालक ५५ वर्षीय मानबहादुर भन्ने मारुप बडुवाल गम्भीर घाइते छन्।

उनको टाउकोमा गम्भीर चोट लागेको छ भने एउटा खुट्टा भाँचिएको छ । घाइते दुवै जनालाई उद्धार गरेर उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । तर श्रीमतीको भने उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। 

माइक्रो बस र चालक भजनी नगरपालिका–६ मादेउलीका २८ वर्षीय केदार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।