Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको दुई घण्टा छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले आज बिहान कार्यालयमा छापा हानेको हो ।

कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौं राजस्व हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिइरहेको छ ।

करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।