Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनसेल नेपाल सुपर लिगः काठमाडौँ रेजर्सको जित, अमाडु डियोप ‘भ्यालुएबल प्लेयर’ घोषित

एनसेल नेपाल सुपर लिग २०२५ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा काठमाडौँ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ। खेलको एक मात्र गोल काठमाडौँका अमाडु डियोपले ६१औँ मिनेटमा गर्दै टोलीलाई जित दिलाए। 

उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको ‘भ्यालुएबल प्लेयर’  घोषित भए। बुटवल लुम्बिनीका गोलरक्षक दीप कार्कीले शानदार बचाउ प्रदर्शन गरेपछि उनलाई ‘रेड बुल मोस्ट एनर्जेटिक प्लेयर’को उपाधि दिइयो।

खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा काठमाडौँले आफ्नो दबाब कायम राख्दै डियोपको गोलमार्फत अग्रता लिएको थियो। बुटवल लुम्बिनीले अन्तिम समयमा केही अवसर सिर्जना गरे पनि बराबरी गोल गर्न सकेन।