शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ग्यास सिलिण्डर विष्फोट हुँदा अछाममा भीषण आगलागी, २७ घर टहरा जलेर नष्ट

ग्यास सिलिण्डर विष्फोट हुँदा अछाममा भीषण आगलागी, २७ घर टहरा जलेर नष्ट

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • ग्यास सिलिण्डर विष्फोट हुँदा अछाममा भीषण आगलागी, २७ घर टहरा जलेर नष्ट

    अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी हुँदा २७ वटा घरटहरा जलेर नष्ट भएका छन् । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर मंगलबार साँझ ७ बजेतिर आगो सल्किएको थियो ।

    हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसल नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।

    रातभरको प्रयासमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको उनले बताए। आगो मङ्गलसेन नगरपालिकाको दमकलको सहायतामा नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट खटिएको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले नियन्त्रणमा लिएका हुन्।

    आगलागीबाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट