Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

केसी उपरथी र राणा सहायक रथीमा बढुवा

नेपाली सेनाका सहायक रथी किरण केसी उपरथीमा बढुवा भएका छन्। सोमबारको मन्त्रिपरिषद वैठकले उपरथी सागरबहादुर थापा अनिवार्य अवकासमा गएपछि रिक्त स्थानमा केसीलाई बढुवा गर्ने निर्णय गरेको हो।

केसी सैनिक कल्याणकारी निर्देशनालयका निर्देशकको रुपमा कार्यरत थिए। यस्तै सहायक रथीमा अनुपविक्रम राणा बढुवा भएका छन् । 

सोमबारकै मन्त्रिपरिषद बैठकले उपरथी प्रेमध्वज अधिकारीको पाकिस्तानको स्लामावाद भ्रमण स्वीकृत गर्ने पनि निर्णय गरेको छ।