Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

फेरि राजतन्त्रको औचित्य र सम्भावना छैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भइसकेको बताएका छन् । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए। ’औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवा स्वप्नबाट मुक्त हुनुपर्छ,’ उनले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहको सहमतिमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको उनले स्पष्ट पारे । फरक प्रसङ्गमा अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक भएको बताए । 

नेकपा एमालेसँग तत्काल एकताको सम्भावना नरहेको उनले स्पष्ट गरे । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्दशन गरेका छन् ।