Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

हिउँपहिरोमा दुई जना बेपत्ता

म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । 

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए ।

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए । 

पर्यटन विभागका अनुसार वसन्त यामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।