Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दुर्गा प्रसाईंका दाइ राकेशलाई प्रहरीले किन पक्रियो?

राजसंस्था पुनर्स्थापना जनआन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ परेका छन्।

पेरिसडाँडास्थित राकेशको घरमा दुर्गा प्रसाईं बसेर भागेको तथ्य भेटिएएपछि सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।

आइतवार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताएका छन् । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।

‘राकेश पनि दुर्गा प्रसाईं जस्तै अन्टसन्ट बोलेर सामाजिक सञ्जालतिर भाइरल व्यक्ति हुन् । उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो । मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला’, प्रहरी स्रोतले भन्यो । दुर्गा प्रसाईका जेठ दाइ लक्ष्मी, माइला राकेश हुन् भने दुर्गा साइला हुन् । अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलिया बस्छन् ।