शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन

काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन

    सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज ९सोमबार० काठमाडौंमा प्रदर्शन गरेका छन्। बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् ।

    सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन। उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो’ लगायतका नारा लगाएका थिए ।

    sahakari pidit.jpg

    ‘सहकारीको पौने तीन खर्ब रुपैयाँ खाने र सहकारीमार्फत् ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन्’ जस्ता प्लेकार्ड पनि बोकेर नाराबाजी गरेका छन् । काठमाडौंमा अहिले विभिन्न मागसहित विभिन्न समूहको प्रदर्शन चलिरहेको छ । नयाँ बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्र शिक्षकहरुले कब्जा गरेका छन् । माइतीघरको एउटा सानो क्षेत्रमा चिकित्सकहरु आन्दोलित छन् ।

    अनि निरन्तर अर्थ समस्याले जेलिएका पीडितहरुले आन्दोलन गर्ने ठाउँ नै पाएनन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ। उसले माइतीघरतिर नभइ राष्ट्रपति कार्यालयतिर आन्दोलन थालेको हो । पीडितहरु रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय नजिकै धर्ना दिन पुगेका हुन् । निषेधित क्षेत्र भएकाले त्यहाँ पनि उनीहरुलाई सुख पक्कै भएन ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार