शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जीप पल्टिँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

जीप पल्टिँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • जीप पल्टिँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मालारानी गाउँपालिका–३ मा आज (आइतबार) बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा जीप चालक दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

    मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जीप दुर्घटनामा परेको हो । अहिले इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली मृतक घाइतेको उद्दारमा खटिएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका खनाल र रिजाललाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट