Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

चैते दसैंमा मासु खाँदा घाँटीमा अड्किँएर गयो ज्यान

अछाममा घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।