Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु

पूर्वी मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिभुवन चोक नजिकै आमबारी भित्री सडकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।

दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। को ९ प ७२९५ को मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते रतुवा माइ नगरपालिका १ कल्याणपुरका सोम टुडू र पत्नी वामनी हेमरमलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।