Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

काठमाडौंका यी ठाउँमा आज नौं घण्टासम्म बिजुली काटिने (सूचनासहित)

काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) दिनभर विजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो।

प्राधिकरणले सूचना प्रकाशित गर्दै प्राधिकरणको निर्माणाधिन १३२ केभी शबस्टेसनमा भक्तपुर चपली १३२ केभी प्रशारण लाइनलाई लिलो (लपइन लपआउट) कार्यका लागि काठमाडौँका धेरै स्थानमा विद्युत् आपूर्ति कटौती गर्न लागिएको जानकारी दिएको छ ।


यस अवधिमा काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट सञ्चालन हुने ११ केभी फिडरहरु तथा हेटौँडा ग्रिड महाशाखा र बुटवल ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट सञ्चालन हुने ११ ३३ केभी फिडरहरु मार्फत् विद्युत् आपूर्ति हुने स्थानमासमेत विद्युत् आपूर्तिमा प्रभाव पर्नसक्ने छ, प्राधिकरणको सूचनामा भनिएको छ।

काठमाडौंको बानेश्वर, रत्नपार्क, जोरपाटी, बालाजु तथा कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् प्रशारण शनिबार बिहान पाँच बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने प्राधिकरणले जनाएको छ ।

 

b.png