शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

के रवि लामिछाने तत्काल पक्राउ पर्छन्, के हुन्छ एक करोड धरौटी?

के रवि लामिछाने तत्काल पक्राउ पर्छन्, के हुन्छ एक करोड धरौटी?

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • के रवि लामिछाने तत्काल पक्राउ पर्छन्, के हुन्छ एक करोड धरौटी?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको छ । लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा त्यसलाई बदर गर्दै न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो ।

    यो आदेशपछि रविले तत्काल आत्मसमर्पण गर्छन् वा उनलाई प्रहरीले तत्काल पक्राउ गर्छ भन्नेबारे चासोको विषय बनेको छ । उच्च अदालतको आदेश सम्बन्धित जिल्ला अदालतमार्फत कार्यान्वयन हुने लामो समय श्रेस्तेदार (जिल्ला अदालतको प्रशासनिक प्रमुख) बनेका एक उपसचिव बताउँछन् । उनले यस्तोमा तीन विकल्पहरू अभ्यासमा रहेको उनले जानकारी दिए ।

    पहिलो–थुनामा पठाउने आदेश भएपछि सम्बन्धित व्यक्ति आफै अदालतमा आएर आत्मसमर्पण गर्ने र थुनामा जाने । दोस्रो–फौजदारी मुद्दा खेपेका आरोपितहरु सम्बन्धित अदालतमा नियमित रुपमा तारेख लिनुपर्छ । रवि लामिछाने तारेख लिन जिल्ला अदालत गएको अवस्थामा अदालतका कर्मचारीहरूले प्रहरीलाई खबर गरेर उनलाई थुनामा पठाउन सक्छन् ।
    तेस्रो–अदालतको आदेश बमोजिम प्रहरी परिचालन गरेर आरोपितलाई पक्राउ गर्ने ।

    सामान्यतयाः अदालतको आदेशमा थुनामुक्त भएका आरोपितहरूलाई पक्राउ गर्न अदालत प्रशासन ‘प्रो–एक्टिभ’ नहुने उनी बताउँछन् । प्रहरीले पक्राउ नगरेको अवस्थामा तारेखको मितिसम्म बाहिर बस्दा रविमाथि कुनै प्रश्न भने नउठ्ने ती श्रेस्तेदारको भनाइ छ । उच्च अदालत बुटबलका सूचना अधिकारी रामबहादुर कुँवरले शुक्रबार राति भइसकेकाले आदेशको विवरण आफूले प्राप्त नगरेको बताए । यता प्रहरी प्रवक्ता दिनेश आचार्यले आदेशको विवरण प्राप्त नहुञ्जेल केही भन्न नसकिने बताए ।

    के हुन्छ एक करोड धरौटी ?

    जिल्ला अदालत रूपन्देहीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड धरौटी लिएर बाहिरै बसी मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको थियो । गत माघ १३ गते जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले गरेको उक्त आदेशबमोजिम रविले तत्कालै एक करोड धरौटी जम्मा गरेका थिए ।

    त्यस्तै काठमाडौँ र चितवन जिल्ला अदालतले पनि अलग–अलग सहकारीको रकम ठगीसम्बन्धी अभियोगमा उनलाई धरौटीमै रिहा गरेको थियो। काठमाडौँमा उनले ६० लाख र चितवनमा ५४ लाख रूपैयाँ धरौटी बुझाएका थिए । कास्की जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रविसँग ६५ लाख रूपैयाँ धरौटी माग गरेको थियो । तर, रूपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत, तुल्सीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको छ ।

    नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार कुनै पनि अभियुक्तलाई तल्लो अदालतले धरौटी लिएर रिहा गरेको छ र माथिल्लो अदालतले थुनामा पठायो भने धरौटी फिर्ता हुन्छ । म थुनामा रहें धरौटी फिर्ता पाऊँ भनी निवेदन दिएपछि जग्गा भए रोक्का फुकुवा र नगद भए फिर्ता हुने उनी बताउँछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार