Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएको आज (शुक्रबार) साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । भूकम्प गएपछि सर्वसाधरण सडकमा निस्किएका छन् ।

यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।

त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।