शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

छविलाल जोशीलाई थुनामा पठाउने आदेश

छविलाल जोशीलाई थुनामा पठाउने आदेश

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • छविलाल जोशीलाई थुनामा पठाउने आदेश

    उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै छविलाई थुनामा पठाउने आदेश गरेको हो ।

    यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध परेको छविको निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । शुक्रबार साँझ अदालतले यस्तो आदेश गरेको हो ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले छविलाल जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । जोशी कारागारमा छन् । यस्तै रवि एक करोड धरौटी बढी भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै र छवि आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै छुट्टाछुट्टै मितिमा उच्चमा निवेदन लिएर पुगेका थिए । यी सबै निवेदन एकसाथ हेर्ने आदेश यसअघि भएको थियो ।

    सुप्रिम सहकारीमा रवि लामिछाने, छविलाल बन्जाडे र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँ बढी रकम अपचलन गरेको अभियोग छ । रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । जीबी राई भने फरार छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार