शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकारसँगको वार्ता शिक्षकहरुले गरे अस्वीकार

सरकारसँगको वार्ता शिक्षकहरुले गरे अस्वीकार

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • सरकारसँगको वार्ता शिक्षकहरुले गरे अस्वीकार

    नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ । वार्ताका लागि सिंहदरबारमा बोलाए पनि महासंघ वार्तामा उपस्थित नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास समेत असफल भएको हो ।

    आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । आज (शुक्रबार) सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।

    डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टाईले जानकारी दिइन् । उनले भनिन्, ‘सरकार लचिलो भएर प्रस्तुत भइरहेको छ । शिक्षकका मागहरुलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा आह्वान गरेको थियौँ तर उहाँहरु आउनु भएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौँ । उहाँहरु नआएपछि आजको बैठक स्थगित गराएका छौँ ।’ उनले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचार समेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् ।

    ‘मैले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैंले फोन गरें र आमन्त्रण गरें । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठायौं । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौँ । वार्ताका लागि मन्त्रालय सधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्‍यौँ ।’

    यता महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्दा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ । महासंघले वार्ताभन्दा पनि ऐनलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ । विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुर्‍याउनु पर्ने भन्दै देशभरका शिक्षक काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार