शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटियो

दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटियो

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटियो

    राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । उपत्यका प्रहरी कार्यालयले प्रसाईले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी इटहरीमा फेला पारेको हो ।

    बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ । चैत १५ मा राजावादीले गरेको प्रदर्शनका प्रसाईं जनकमाण्डर थिए । उनकै कमाण्डमा गरिएको अराजक प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।

    हिंसात्मक आन्दोलनपछि ६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, धवल शम्सेर जवरालगायत छन् ।

    प्रदर्शनका क्रममा सरकार तथा निजी सम्पतिमाथि तोडफोड र आगजनी भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार