शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलमान र हितेन्द्रको रिटमा सकियो सुनुवाइ, आदेश आजै

कुलमान र हितेन्द्रको रिटमा सकियो सुनुवाइ, आदेश आजै

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • कुलमान र हितेन्द्रको रिटमा सकियो सुनुवाइ, आदेश आजै

     नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । आजै अन्तरिम आदेशको निक्र्योल हुनेछ।

    दिन दिनसम्म चलेको सनुवाइ आजबाट सकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

    शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए। सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् । 

    आज बिहीबार केही सरकारी वकिल, केही शाक्यपक्षका कानुन व्यवसायी र उनीहरूको बहस सकिएपछि कुलमान पक्षका कानुन व्यवसायीले जवाफ बहस गरेका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार