Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बागलुङमा पिकअप जीप दुर्घटना: एकजनाको मृत्यु, तीनजना घाइते

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

गलकोट नगरपालिका–३, हटिया बजारबाट कोटमैदानतर्फ जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिका–११, रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गलकोट–५, सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर–४, डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा–३, बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

पिकअपमा चारजना सवार थिए । गलकोट नगर अस्पतालमा घाइते तीनजनाको उपचार भइरहेको यादवले जानकारी दिए ।

चैतेदसैँ मेलाका निम्ति कोटमैदान जाँदै गर्दा पीकअप दुर्घटनामा परेको उनले बताए ।