शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कार्यालयमा ‘बबाल’ मच्चाउने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

कार्यालयमा ‘बबाल’ मच्चाउने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • कार्यालयमा ‘बबाल’ मच्चाउने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    बर्दियाकोबारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन्। उनलाई बारबर्दिया नगरपालिकाबाट बुधबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो ।

    उनीमाथि मदिरा खाएर मङ्गलबार कार्यालयमा नगर प्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । नगर प्रमुख छविलाल थारुसहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएको कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले बताए ।

    अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले उपप्रमुख रत्नकुमारी पाण्डेलाई उपप्रमुखकै कार्यकक्षमा पुगेर गाली गर्दै हातपातको प्रयास गरेपछि इलाका प्रहरी कार्यालयले मंगलबार नै पक्राउ गरेर साँझ ‘जिम्मा जमानत’ मा छाडेको थियो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दै मुद्दा दायर गरिएको बारबर्दिया नगर प्रमुख थारुले बताए।

    आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले पाँच लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार