शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित पाँच जना निलम्बित

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित पाँच जना निलम्बित

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित पाँच जना निलम्बित

    रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ । अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो । अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो ।

    उनीहरूमाथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु समेत परिपालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएकोसहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो । इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबण्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन् ।

    नेपाल रेडक्रसलाई पठाइएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरू तीन जना नेपाली कांग्रेसका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन् । नेपाली कांग्रेसका भएर रेडक्रसमा छिरेर कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा छन् ।

    उनीहरूलाई तीन कसुरमा सजाय गरिएको छ ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार