Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

तीनकुनेमा राजावादीको प्रदर्शनमा ज्यान गुमाएका सुरेश र सविनको परिवारलाई १० लाख रुपैयाँ दिने

सरकारले गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको मन्त्रिस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई सरकारको तर्फबाट १०/१० दिइने भएको हो ।

गृहमन्त्रीस्तरीय निर्णयबाट दुवैजना मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने निर्णय भएको हो। मृतकका परिवारलाई राहतस्वरुप सरकारको तर्फबाट यो सहयोग दिन लागिएको गृहमन्त्री लेखकका प्रेस सल्लाहकार शेरबहादुर सिंंहले बताए । 

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहको उग्र प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको तीनकुनेस्थित मार्बल हाउसमा जलेर मृत्यु भएको थियो ।

उया कीर्तिपुर निवास यातायात मजदुर महर्जनको भने गोली लागेर ज्यान गएको थियो । उनीहरू दुवैको पोस्टमार्ट रिपोर्ट पनि आइसकेको छ ।