शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लोरेन्स विश्नोईको नाममा आठ करोड फिरौती माग्ने भगौडा नेपाली सैनिक पक्राउ

लोरेन्स विश्नोईको नाममा आठ करोड फिरौती माग्ने भगौडा नेपाली सैनिक पक्राउ

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • लोरेन्स विश्नोईको नाममा आठ करोड फिरौती माग्ने भगौडा नेपाली सैनिक पक्राउ

    सामाजिक सञ्जाल ह्वाट्सबाट पाँच करोड भारतीय रूपैयाँ (नेपाली आठ करोड) फिरौती माग गरेको अभियोगमा कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    रामबहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफू लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बुढा क्षेत्रीविरुद्ध अपराधिक लाभ मुद्दाका अनुसन्धान अघि बढाइएको इप्रका कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।


    बाँकेका एक पूर्व वडाअध्यक्षलाई उनले धम्काएका हुन् । धम्काउन फ्रान्सको ह्वाट्सएप नम्बर प्रयोग गरेका थिए । पक्राउ परेका रामबहादुर यसअघि पनि विभिन्न अपराधिक मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् । माओवादी नेता शक्ति बस्नेतलाई लक्षित गरी गोली प्रहार गरेको घटनामा उनी पाँच वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ ।

    उनीविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट २७ साउन २०६१ मा जीउ मास्ने बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । त्यतिबेला एक नेपाली युवतीलाई ललाई फकाई विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ ।

    त्यस्तै ८ चैत २०६२ मा सर्वसाधारणलाई धम्की दिंदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट उनीविरुद्ध मुद्दा चलेको थियो । यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाटै उनीविरुद्ध मुद्दा चलेको पाइएको छ ।

    ९ भदौ २०६४ मा महानगरीय प्रहरी परिसर काठमाडौं (हाल जिल्ला प्रहरी परिसर) बाट उनीविरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राख्दै धम्क्याएर फिरौती असुलेको आरोप थियो । यसका साथै उनीविरुद्ध कर्तव्य कसुरको मुद्दामा पनि मुद्दा चलेको पाइएको छ । २०६४ मा भएको संविधानसभाको निर्वाचनमा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप उनीमाथि लागेको थियो । २७ चैत २०६४ मा संविधानसभाका उम्मेदवार ऋषि शर्मा प्रचार प्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा शर्माको गोली हानी हत्या भएको थियो । त्यसबेला इलाका प्रहरी कार्यालय छिन्चुबाट उनीविरुद्ध मुद्दा चलेको थियो ।

    यसपछि पनि २०६५ चैतमा द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार नै खोसेका थिए । यो केशमा उनीविरुद्ध काठमाडौंबाट मुद्दा चलेको थियो । उनी नेपाली आर्मीका भगौडा रहेको पाइएको छ । २०५९ सालमा जागिर छाडेर भागेका व्यक्ति रहेको पाइएको छ । आर्मीबाट भागेपछि उनी विभिन्न नामले आपराधिक समूहमा लागेर अपराधको गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट