शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पत्रकार रजकलाई गोली लागेको पाइएन

पत्रकार रजकलाई गोली लागेको पाइएन

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • पत्रकार रजकलाई गोली लागेको पाइएन

    काठमाडौंको तीनकुनेमा राजावादीले गत चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गोली नलागेको पाइएको हो ।

    उनलाई गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स–रे गर्नुपर्ने अडान राखेका थिए । तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जनाएको छ । रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ ।

    तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । त्यसो त प्रहरीले यसअघि नै गोली लागेको हल्लाको खण्डन गरिसकेको थियो ।

    ३३ वर्षीय रजकको शरीरको ७० प्रतिशत जलेको प्रहरीले प्रारम्भिक रूपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार