Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रविन्द्र र धवललाई भेट्न दोस्रो पटक हिरासत पुगे राजेन्द्र लिङ्देन

प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो पटक भेटेका छन् । 

गत शुक्रबार (१५ चैत) काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एक पटक भेट गरेका थिए ।

शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए ।

लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए । मंगलबार बिहान १० बजे राप्रपाकै सांसद ज्ञानेन्द्र शाही पनि उनीहरूलाई भेट्न पुगेका थिए ।