शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पत्रकार रजकलाई गोली लागेको हल्लापछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम गर्न मानेनन्

पत्रकार रजकलाई गोली लागेको हल्लापछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम गर्न मानेनन्

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • पत्रकार रजकलाई गोली लागेको हल्लापछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम गर्न मानेनन्

    काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि हालसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरीरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न नमानेको स्रोतले जनाएको छ ।

    ‘राजावादी प्रदर्शनमा मृत्यु भएका दुई जनाकै शव पोस्टमार्टमका लागि पठाएका थियौं । एक जनाको पोस्टमार्टम भए पनि अर्को एक जना पत्रकारको भने पोस्टमार्टम हुन सकेको छैन’ परिसरका एक अधिकृतले भने, ‘गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान छ ।’

    पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ । केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।

    रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सुरेश महर्जनको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार पत्रकार रजकको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । ती चिकित्सका अनुसार, गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुन्छ । फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुने बित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढाइनेछ । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको प्रहरीले प्रारम्भिकरूपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार