गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका सविन महर्जनलाई एउटा गोली लागेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमपछि गोली लागेको पुष्टि भएको हो ।
उनको दायाँ हात तर्फको कोखाबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो ।
पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्