शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलमान घिसिङको रिटमा सुनुवाइ जारी

कुलमान घिसिङको रिटमा सुनुवाइ जारी

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • कुलमान घिसिङको रिटमा सुनुवाइ जारी

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा सुनुवाइ चलिरहेको छ ।

    न्यायाधीश डा। कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।यसअघि चैत्र १५ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोध्दै दुवै पक्षलाई छलफलका लागि चैत्र १७ गते बोलाएको थियो । तर सो दिन रिट हेर्न नमिल्ने सूचीमा राखिएको थियो।

    न्यायाधीश अव्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो । गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए ।

    आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार