Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

गुडिरहेको जीपबाट खसेर गाडीधनीको मृत्यु

डोटीमा जीपबाट खसेर एक युवकको मृत्यु भएको छ । मृतक युवक जीप धनी हुन् । 

सोमबार साँझ सुदूरपश्चिम प्रदेश ०१–००१ च ४११८ नम्बरको जीपको ढालाबाट खस्दा आदर्श गाउँपालिका– २ कुचेडा घर भएका ३४ वर्षीय ज्ञानेन्द्रबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जीपबाट सडकमा बजारिँदा गम्भीर घाइते भएका बोहराको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनापछि प्रहरीले गाडीचालक आदर्श गाउँपालिका– ३ नुवाकोटका २३ वर्षका गाडी चालक विराज भट्टलाई पक्राउ गरेको छ ।