Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पोखरामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुदैँ

पोखरामा विष्णु पादुका क्लबको आयोजनामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । 

आज सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले महोत्सव २०८१ चैत्र २४ गतेदेखि २०८२ वैशाख ३ गतेसम्म आयोजना हुन लागेको जानकारी गराएको हो ।

Photo (12).jpg

महोत्सवको लक्ष्य हेमजालाई समग्र रुपमा आर्थिक तथा सामाजिक उत्पादनका लागि कृषि, पर्यटन, सांस्कृतिक, व्यापार, खेलकुद, धार्मिक तथा अन्य क्षेत्रको रुपमा विकास गर्दै कृषि क्षेत्रको रुपमा परिचित गराउने, हेमजालाई देश विदेशमा परिचित गराई हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पुयाउने, सामाजिक एकताका साथै यहाँका कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउने र आधुनिक कृषि व्यवसायबाट यस क्षेत्रलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु रहेको छ । 

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’, ‘आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन गइरहेको हो । हेमजामा आलु, काउली, गोलभेंडा, च्याऊ, धान, बन्दा साथै अन्य कृषिजन्य उत्पादनहरु पाइन्छन् भने यिनै विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचारप्रसारको लागि हेमजा आलु महोत्सव सञ्चालन हुन गईरहेको हो ।