Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आज वरिष्ठ पत्रकार कोइरालाको अन्त्येष्टि गरिने

वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ। 

केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा  उपचारकै क्रममा मृत्यु भएको हो। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए। 

कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा काम गरेका थिए। पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।