Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मुस्लिम समुदायले ईद मनाउँदै, आज देशभर सार्वजनिक बिदा

नेपाल सरकार, गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा आज मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मिति २०८०/१०/२९ गते नेपाल राजपत्रमा प्रकाशित निर्णय बमोजिम ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो।

सोही अनुसार चैत १८ गते सोमबार देशभर सार्वजनिक बिदा हुने मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। ईद उल फित्र इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ।