शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कतारले दियो १८ नेपालीलाई आममाफी

कतारले दियो १८ नेपालीलाई आममाफी

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • कतारले दियो १८ नेपालीलाई आममाफी

    कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ । रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ । नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    सरकारले कतारको दोहास्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो । आममाफी पाउने नेपालीहरूको विवरण भने परराष्ट्र मन्त्रालयले खुलाएको छैन । मन्त्रालयले एक विज्ञप्ति जारी गरी आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।

    ‘नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई मन्त्रालयले उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ । कतारको दोहास्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि आममाफीको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    k(15).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट