शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चोरी गरी अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

चोरी गरी अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • चोरी गरी अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

    नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ । आइतबार बिहान पुरातत्व विभागले ती मूर्तिहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी) रहेका छन् । यी पौवा चित्रहरू काठमाडौंको इटुम्बहालबाट वि.सं. २०३७ सालमा हराएका थिए ।

    त्यसैगरी, एक प्रस्तरबाट बनाइएको स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुंगमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै, आर्ट इन्स्टिच्युट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति (१२–१३ औं शताब्दी) र अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९ औं शताब्दी) पनि नेपालका विभिन्न स्थानबाट हराएर अमेरिका पुगेका थिए ।

    कार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भने, ‘नेपालका सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगे पनि नेपाली सम्पदाको महत्त्व बुझेर ती सम्पदा फर्काउने प्रयास गरिरहेका छौं । अब नेपालबाट मूर्तिहरू चोरी गर्न सकिँदैन । विगतमा गएका चिजहरू अहिले फर्किनु सकारात्मक कुरा हो ।’

    उनले विगतमा यस्ता सम्पत्ति कसरी गएका थिए भनेर प्रश्न गर्दै भने, ’अब दुराचार गर्ने समय समाप्त भएको छ र अब चोरी हुन सक्ने छैन ।’ उनले मूर्तिहरूको प्रतिष्ठापनका लागि सरकारले प्रतिवद्धता जनाएको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गरे । मन्त्री पाण्डेले भने, ‘स्थानीय सरकारहरू अब आफ्ना आस्थाहरू जोगाउन सक्षम छन् । पुरातात्विक धरोहरहरू पहिले हरिएका ठाउँमै प्रतिष्ठापित गरिनेछ ।’

    अहिलेसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्त्वका मूर्तिहरू र कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिहरू तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेका छन्। अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलिया जस्ता देशहरूबाट थप कलात्मक वस्तुहरूको फिर्तीका लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्रै नेपालमा फिर्ता भएका पुरातात्विक महत्त्वका वस्तुहरूको संख्या १०४ पुगेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट