Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

गाडीको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

गाडीको ठक्करबाट आइतबार बिहान कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ । 

सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नं को योद्धा गाडीको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरवहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलमा सवार खपाङ्गीलाई बीपी राजमार्गअन्तर्गत कमलामाइ नगरपालिका ६ को रातमाटा घुम्ती नजिक गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।