Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जरिवाना पत्र बोकेर पूर्वराजा ज्ञानेन्द्रको घर पुग्यो महानगर प्रहरी, निर्मल निवासले गर्‍यो अस्वीकार

काठमाडौं महानगरपालिका–३२ र अन्य स्थानमा गरिएको फोहोर फ्याँक्ने र सार्वजनिक सम्पत्तिको तोडफोडका कारण ७ लाख ९३ हजार रुपैंयाको ८ वटा जरिवाना पत्र लिएर महानगर प्रहरी बल निर्मल निवास पुगेको छ।

महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले क्यानडानेपाललाई जानकारी दिएअनुसार, निर्मल निवासले जरिवाना पत्र स्वीकार गर्न अस्वीकार गरेको छ। प्रहरी बल भने जसरी पनि जरिवाना पत्र बुझाएर फर्किने तयारीमा छ।

शनिबार, काठमाडौं महानगरपालिकाले जरिवाना पत्र जारी गरेको थियो।