Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

त्रिवि उपकुलपति बरालले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । 

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।

उनी प्रोस्टेटका पीडित हुन् । उनी निकट स्रोतका अनुसार उनी राजीनामा पठाएर पोखरातर्फ लागेको छन् । बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।