शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ, दुर्गा प्रसाईं अझै फरार

राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ, दुर्गा प्रसाईं अझै फरार

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ, दुर्गा प्रसाईं अझै फरार

    शुक्रबार भएका राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, धर्मगुरु पुष्कर खतिवडासहित १११ जना पक्राउ परेका हुन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं फरार छन् ।

    प्रसाईंको खोजीकार्य जारी रहेको प्रहरी जनाएको छ । प्रहरीका अनुसार प्रसाइँको अन्तिम लोकेशन भैँसेपाटी खुलेको थियो । तर, आज बिहान त्यहाँबाट पनि उनी अन्यत्र भागेको प्रहरीको अनुमान छ ।  

    शनिबार बिहान प्रसाईंले धर्मगुरु खतिवडाको घरमा फलफुल खाएर निस्किएका थिए । बालाजु क्षेत्रबाट दुर्गा प्रसाईं निकट रोयल टास्क फोर्स (आरटीएफ) समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा तोडफोड, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले पक्राउ गर्र्दै अनुसन्धान थालेको छ । पक्राउ पर्नेहरुको प्रकृति हेरेर मुद्धा चलाउने प्रहरीको तयारी रहेको उनले बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार