नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ ।

शुक्रबार राजावादी समुहले तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधी गरेका थिए ।

हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान बिरोध सभा गरेको हो ।

महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै सो विरोध सभा गरेको छ ।












तस्विरः बिजेन अमात्य